Rule 31
सरुवाको आधार
ऐनको दफा २१ को अधीनमा रही कर्मचारीको सरुवा गर्दा देहायको
आधारमा गरिनेछ ः-
(क) एकपटक अति दुर्गम क्षेत्रमा २३३ दिन काम गरी सकेका कर्मचारीलाई
चार वर्ष व्यतित नभई फेरी अति दुर्गम क्षेत्रमा नपठाउने गरी,
(ख) रिक्त पद मिलेसम्म कर्मचारीको पति पत्नी दुवै सरकारी सेवामा बहाल
रहेको भए एउटै जिल्लामा पठाउने गरी,
(ग) अधिकृत तहका कर्मचारीलाई एउटै कार्यालयको एउटै पदमा
साधारणतया पाँच वर्ष भन्दा बढी नराख्ने गरी,
(घ) ……………….
(ङ) निजको कामको प्रवृति र जिम्मेवारी समेत विचार गरी ।